उ बसेको देशमा असार साउन र भदौका महिनाहरुमा कहिलै पानी परेन, बरु हिउँदका चिसा कठाङ्ग्रिँदा मौसमहरुमा कक्रिएको धरतीमाथि मुटु छेड्ने गरी असिना बर्षा र हिउँ खसाउथ्यो आकाश । उसलाई लाग्थ्यो यहाँको प्रकृति पनि निष्ठुरी छ ।ooo<br />
आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको चरम वैंशमा थियो याम, तर त्यो उर्लदो जवानीको एक अंश पनि कतै देखिएको थिएन यो मरुभूमिको देशमा .... ।
न बर्षा, न झरी, न हिलाम्य खेत न पर पर सम्म गुन्जने लैबरीका भाकाहरु । कृषि कामदारको रुपमा केही बर्ष अघि इजरायल भित्रिए पछि उसले खेत र खेतालाका बुझाइ र परिभाषामा व्यापक अन्तर पाएको थियो । नजर भरी फैलिएको जग्गा, फलफूलहरुको अपार जंगल र सयौं खेतालाहरु ।
उ एउटा खेताला, बेला बेला क्षितिजतिर बादलले कोरेका रंगी बिरंगी पछयौराका आकारहरु झुल्किदै ओझेल पर्दै गरेको देख्दा उ सोच्छ - यो असार साउनको बर्खामास, किन झरी पर्दैन यो देशमा ? एक झर निथ्रुक्क रुझ्ने गरी किन बर्षा हुदैन यहाँ ?
[पूर्ण कथा पढ्न यहाँ जानुहोला ]
Post by Krishna Thapa.