तिर्खा कथा संग्रहको पृष्ठ २१ बाट शुरु हुन्छ प्रेमाको पत्र .. जसमा लेखिएको छ
प्रिय पुरुष,
आज एउटी नारी यो लेखिरहेकी छ , अचम्मित भयौ होला । नहुनु पनि किन ? पुरुष मानसिकताले जरो गाडेको समाजको मान्छे हौ तिमी, स्वाभाविक छ । सैयौं बर्ष देखि नारीमाथि शोषण, अत्याचार भएका छन ।
तिम्रो पुरुषप्रधान समाजले अनेक नीति नियम खडा गरेर हामीलाई र हाम्रो रहरलाई संस्कारको जाँतोमा पिधेका छौं । हाम्रो यौवन र शरीरलाई थुनेका छौ, पिंजडामा कैद गरेका छौ । केवल उपभोग्य सामान जस्तै हाम्रा अनमोल यौवनहरु किनेका छौ, बेचेका छौ । तर यो सिलसिलाको अन्त्य अवश्यम्भावी छ, क्रमभंग निश्चित छ, किनकी समय परीवर्तनशील छ ।
समयको कुनै मोडमा पुगेर कुनै युवतीको खेलौना भएछु भन्ने लाग्यो भने मलाइ माफ गर । म त्यसरी सोच्दिन, हाम्रो सम्बन्धलाई मैले अहिले पनि प्रेम नै मानेकी छु । तिमी मान या नमान आकर्षण र वासना प्रेमकै स्वरुपहरु हुन्, जसमा कुनै मिसावट थिएन, वाचा बन्धन र सम्झौता थिएन । कुनै गुनासो थिएन, भोलीको प्रतीक्षा पनि थिएन । त्यो शरीरको नितान्त प्राकृतिक तिर्खा थियो, मेटियो र सकियो । म यही सिद्धान्तमा हिडिरहेकी छु ।
म शरीरलाइ प्रेम गर्छु, मलाइ आत्माको बन्धनमा कुनै विश्वास पनि छैन ।आशा छ तिमी पनि म फर्केर आउने बाटो कुर्ने छैनौ ।
प्रेमा
प्रिय पुरुष,... त्यो शरीरको नितान्त प्राकृतिक तिर्खा थियो, मेटियो र सकियो । म यही सिध्दान्तमा हिडिरहेकि छु ।म शरीरला...