“खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली”
भन्दै कथाकार कहिले आफ्नी अरबी प्रेमिका ‘नूर’ को बयान गर्न पुग्छन् त कहिले प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ ? आदि-इत्यादी प्रश्नहरुमा प्रेमको परिभाषा खोजिरहेका हुन्छन्। पाठक र लेखक बिचको प्रेम कस्तो हुनुपर्छ र यौटा असल पाठकले लेखकको जिवनमा कस्तो भूमिका खेलेको हुन्छ भनेर पनी (अपरिभाषित प्रेम भित्र ) छताछुल्ल भएर पोखिएको छ ।
‘म शरीरलाई प्रेम गर्छु, मलाई आत्माको बन्धनमा कुनै विश्वास छैन’ शिर्ष कथाकी पात्र प्रेमाको तिर्खा ले झन यो परिवर्तनशील समयको सम्बोधन गरेको छ । रियादको बन्दिगृहमा मृत्युदण्ड पाईसकेको यौटा कैदीको कथाले असङ्ख्य परदेशीका मृत्युको कथा बोकेको छ ।
(छातीभित्र कहाँ हुन्छ कस्ले देख्न सक्छ माया
परम्परा जात धर्म केले छेक्न सक्छ माया)
भन्दै इस्लाम परिवारकी ‘इसरत’ लाई पर्खिरहन्छन कथाकार ! पाठक कैले मनोरम वस्तीभित्र हराउँछ त कैले खोज्न थाल्छ अनुत्ततित प्रश्नका जवाफहरु ! म यतिबेला सम्झिरहेकी छु बब्लु र मुनाको प्रेम !
अरब इजरायल बिचको युद्दका कथा त यो पाठकले पनी बिगत छ बर्ष देखी भोगिरहेको छ । जब “शेरिफ” जस्तो प्यालेस्टानी केटाको कथा पढिन्छ नी लेखकले मात्र हैन प्रत्यक पाठकले पराजय र मृत्युको कथा नलेख्न आग्रह गर्नेहरुसंग सहमती जनाउँदैनन्।
दिदी र भाई बिचको प्रेमले प्रत्यक पाठकलाई बालपनमा फर्काउँछ ।
यि र यस्ता धेरै कथाहरु छन “तिर्खा” भित्र म पढ्दै छु । तमाम परदेशी साथिहरुले त झन छुटाउनै नहुने पुस्तक हो यो । सकेसम्म सबैले पढौँ यो पुस्तक ।