मनछुने कथाहरुको संग्रह हो तिर्खा - रूपेश विष्ट

बाक्लो परिचय छैन मेरो उहाँसँग । यद्यपी उनका केही गीतहरुको भिज्युअल हेरेको छु । जे जति सामिप्यता छ यही फेसबुकमा भएको छ हाम्रो । तिर्खा कथा संग्रह पढेपछि सुन्दर तस्वीर सहित मिठो हौसलारुपी शव्दहरु लेखिदिनु भएकोमा उहाँलाई हार्दिक हार्दिक धन्यवाद ..

विभिन्न कथाहरुको संग्रह हो कृष्णपक्ष को "तिर्खा" जसमा मनछुने कथाहरु 'अपरिभाषित प्रेम' 'साईनो बेच्ने केटी' 'पर्खाल पारीको त्यो देश इजरायल' 'बुढो मान्छेको मन' जस्ता अनेकौ कथाहरु समेटिएको छ | प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रंग ? यस्ता यस्तै प्रश्नको खुल्दुली मेटाउनेछ तिर्खाले तपाईहरु पनि एकपटक अवश्य पढ्नुहोला !! हृदय देखिनै धेरै धेरै धन्यवाद कृष्णजीलाई, वहाँले गर्दा "तिर्खा" पुस्तक पढ्ने अवसर पाएको छु जसले गर्दा मेरा मनका तिर्खाहरु मेट्न पाए !

विभिन्न कथाहरुको संग्रह हो कृष्णपक्ष को "तिर्खा" जसमा मनछुने कथाहरु 'अपरिभाषित प्रेम' 'साईनो बेच्ने केटी' 'पर्खाल पारीको...





    भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।


ब्लग








अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र)



 
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।

मेरो फेसबुक
मेरो ब्लग
--तिर्खा कथा संग्रहको फेसबुक
ईमेल - hi@krishnathapa.com