जीवनमा अनेक रुपहरु छन् । साहित्यका पनि अनेक विधाहरु छन् । जीवनका अनेक रंगहरु छन् । तर साहित्यमा पनि अलौकिक रंग हुन्छ । अलौकिक जात हुन्छ । त्यहि जात अर्थात विधा मध्य कथा विधालाई पक्रेर कथाकार कृष्णपक्ष पाठकहरुमाझ आएका छन् ।
शव्दाहार क्रियसन्सले तिर्खालाई बजारमा ल्याएर पाठकहरुको कथानक प्यास मेटाउने जमर्को गरेको छ । यो प्रकाशन गृहले बजारमा ल्याएको कथा कृति तिर्खा बजारमा आएपछि यो कृती उँचाई बढेको छ । ‘कृष्णपक्ष’ उपनाममा कृष्ण थापाले लेखेकोे कथा संग्रह ‘तिर्खा’ ले साँच्चै आधुनिक नेपाली कथाका पाठहरुको तिर्खा मेट्न कथाकार सफल भएको छ । मध्यम कलेवरको किताबमा बाइस थान छोटा मिठा कथा समेटेर काकाकुलहरुको प्यास मेट्न उनी हाजिर भएका छन् । इजरायलमा कार्यरत नेपाली युवाको अन्तष्करणले देखेको मध्यपूर्वी एसियाको जीवनपद्धतिको रूपमा किताबका पानाहरूमा अङ्कित गरेको छ । ‘तिर्खा’लाई डायोस्पोराको डकार सम्झिने छुट पनि छ पाठकलाई । तर, बुझ्नुपर्ने के छ भने यो इजरायलमा बस्ने नेपालीको आप्रवासी ह्याङओभर होइन ।
दैनिक पोष्टमा छापिएको समीक्षाको लागि यहाँ जानुहोस
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
यो हप्ता सर्वाधिक पढिएको
-
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहि...
-
मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह "तिर्खा" अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्...
