
प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङग ? म भित्र जुलुस बनेर उभिन्छन् प्रश्नहरू । भ्यालेन्टिनाको आँखाको सागरमा छाल जसरी उर्लिएको जे देखिरहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरू ? आज मेरो आँखा अगाडि यी दुवै अनुभूतिहरू एउटै रङगमा रुपान्तरित भईरहेका थिए । र मभित्र त्यो प्रेमको रङग अझ गाढा गाढा हुदै गइरहेको थियो । - कृष्णपक्ष "तिर्खा" कथा सङ्ग्रहबाट
Post by Ramesh Kandel.