फेसबुक शेयर - पुनिज़ श्रेष्ठ

उहाँसँग पनि मेरो प्रत्यक्ष भेट भएको छैन । अझ प्रष्ट भन्नु पर्दा मेरो पुस्तक पढेपछि मात्र उहाँसंग इन्टरनेटको अभाषी चिनजान भयो ।  कति खुसीको कुरा किताबले नै मलाई धेरैसँग परिचय गराएको छ , यो क्रम बढिरहोस । यो मिठो फेसबुक शेयरका लागि उहाँलाई धेरै धन्यवाद  ।

लेख्नु भएको छ - "मेरो जीन्दगीमा कसै संग झुकेको पनि थियन र झुक्ने पनि छैन तर बाध्यताले जेरुसेलमका दत्तीहरू सँग झुकेँ, तैपनि हातमा लागे शुन्य भयो । २६ घन्टा टिभी ,इन्टरनेट बन्द त्यसको बिकल्पमा कृष्ण थापाजी को'तिर्खा' किताबले साथ दियको छ "







    भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।


ब्लग








अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र)



 
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।

मेरो फेसबुक
मेरो ब्लग
--तिर्खा कथा संग्रहको फेसबुक
ईमेल - hi@krishnathapa.com