
संसारमा अनेक तिर्खाहरू हुन्छन आदत, लत र अम्मलहरु हुन्छन । यसरी तिर्खाहरु अतृप्त हुन्छन । जो लागिरहन्छन, मेटिइरहन्छन र फेरी लागिरहन्छन । यो क्रम अनन्त चलिरहन्छ । चलिरहोस ।


कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
यहाँ केही रंगहरु छन प्रेमका ...
केही अनुभूतिहरु छन 'तिर्खा'का...
मेरो कथा संग्रहप्रति तपाईंका भावनाहरु, अभिव्यक्तिहरु या तपाइंले देखाउनु भएको प्रेम, सद्भाव र तिर्खा संग्रह पढेर वा पढ्ने अभिप्रायका साथ् व्यक्त गर्नु भएका उद्गारहरु छन यहाँ ।
'तिर्खा' लिएर खिचिएका सेल्फीहरु हुन् या गाली र तालीका ससाना स्टाटसहरु ... या तपाईंले मेहनत गरेर लेख्नु भएको कृति समीक्षा .. ती सबै मलाई अमुल्य उपहार जस्तै लागेका छन । सोचें - यो उपहारलाई इन्टरनेटको एउटा पानामा सधैंका लागि राखूँ र बेला-बेला प्रेमले पल्टाउँ मिठो सम्झनाजस्तै ...